संस्था परिचय
Home » संस्था परिचय
नशिक बचत तथा ऋण सहकारी संस्था लि., जुन सामाजिक तथा आर्थिक विकासमा सहयोग गर्ने लक्ष्यमा स्थापित भएको छ। धादिङ,जिल्लाको सिद्धलेक-१, नलाङ, बैरेनी मा रहेको छ । सहकारी ऐन २०४८अनुसार सहकारी कार्यालय काठमाडौमा मिती २०५४ -१०-१२ (दर्ता नं.२८४/०५४/०५५) मा दर्ता भई हाल “नशिक बचत तथा ऋण सहकारी संस्था लि.” नाममा संचालनमा रहेको छ।नशिक बचत तथा ऋण सहकारी संस्था लि को मुख्य कार्यक्षेत्रहरूमा सहकारी खेती, पशुपालन, र उत्पादन वितरण समेत समाहित छन्। संस्थाले खानेपानी र बिद्युत सहितको आधुनिक सुविधा पनि प्रदान गरेको छ र स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बाजारमा पनि पुर्नुको लागि कार्यरत छ। नशिक बचत तथा ऋण सहकारी संस्था लि को व्यापक सेवा शाखाहरू छन् र संस्थाले स्थानीय विकासमा सहयोग गरी अपनो सामाजिक र आर्थिक लक्ष्यहरू पुर्ण गर्नका लागि यो सतत प्रयासशील छ।
नशिक साकोसको परिकल्पना
सहकारी सिद्धान्त अनुसार सदस्यहरुलाई आफूले आर्जन गरेको आयबाट नियमित रुपले बचत गर्ने बानी बसाल्न उत्प्रेरित गरी संकलन बाई भएको बचत रकमबाट सदस्यहरुलाई सीपमूलक आय-आर्जन कार्यक्रम गर्न तथा आर्थिक संकट टार्न र उचित ब्याजदरमा ऋण लगानी गरी सदस्यहरुको आर्थिक एवम् सामाजिक सुधार गर्नु संस्थाको परिकल्पना रहेको छ
उद्देश्यहरू :
- नियमित रुपमा सदस्यहरुबाट निक्षेप प्राप्त गर्नुका साथै उनीहरुलाई जम्मा गरेका निक्षेपमा प्रतिस्पर्धात्मक दरमा ब्याज दिने
- उत्पादनशील, आयमूलक सीपमूलक र व्यवसायिक उद्देश्यहरुका लागि सदस्यहरुलाई सहुलियत ब्याजदरमा ऋण प्रदान गर्ने ।
- आत्मनिर्भरता तथा आत्मविश्वास सम्बन्धी धारणा बारे सदस्यहरुलाई उत्प्रेरित गर्ने
- सदस्यहरुलाई आय-आर्जन वृद्धि गर्नका लागि आवश्यक मद्दत र जानकारी उपलब्ध गराउने ।
- सदस्यहरुको आर्थिक अवस्थामा सुधार गर्न सक्ने किसिमका क्रियाकलाप सञ्चालन गर्ने ।
ऋण दिलाईमा ब्याज हर्जना
- ऋणको ब्याज तिर्न ३ महिनामा नाघेमा ब्याज हर्जना ३%
- (ऋण रकमको) ऋण असुली भाका नाघेमा ४%
- पटक तागितामा अटेरी हुँदा सञ्चालक समितिको निर्णय पश्चात ५%